
काठमाडौं– आफूलाई विदेश जान रोक लगाइएको भन्दै सरकारविरुद्ध अदालत पुगेका तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बहिगर्मित लडाकू लेलिन बिस्टको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले आइतवार गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले बिस्टलाई विदेश जानबाट रोक्नुको कारण पेश गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।
एक कार्यक्रममा सहभागी हुन भनेर गत शुक्रवार थाइल्याण्ड जान लागेका बिस्टलाई अध्यागमन विभागले त्रिभुवन विमास्थलबाट फिर्ता पठाएको थियो ।
बिस्टले आफूलाई विदेश जानबाट रोकेर आफ्नो नागरिक स्वतन्त्रता हनन भएको भन्दै भदौ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।