१० साउन २०८३, आइतबार

आन्दोलनमा रहेका सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउन गृहमन्त्रीको जोड

आन्दोलनमा रहेका सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउन गृहमन्त्रीको जोड

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताएका छन् ।

सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गरे ।

गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले संक्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका बिभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पूर्व सभासद सुरेश आले मगर, लिला भण्डारी, ताराकान्त चौधरी लगायत रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सबै पक्षसँग सम्वादलाई जोड दिन वार्ता टोल्किा सदस्यहरुलाई आग्रह गरे ।

गृह मन्त्रालयसँगको समन्वयमा वार्ता टोलीले काम गर्ने भएकोले मन्त्रालयको तर्फबाट सबै किसिमको सहयोग वार्ता टोलीलाई हुने गृहमन्त्रीले बताए ।

वार्ता समितिका संयोजक पाण्डेले टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भइरहेका प्रयासको बारेमा बैठकमा जानकारी गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्