
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा बजारमा महँगी बढ्ने अवस्था देखिएको छ ।
आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो भएपछि यसको सिधा असर आयातित बस्तुमा पर्नेछ । आयातकै लागि धेरै नेपाली मुद्रा खर्चेर डलरमा आयात गर्नुपर्दा मूल्यवृद्धि बढ्ने देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी विनियमदर अनुसार अमेरिकी डलर खरिद दर ११३.२९ रुपैयाँ र बिक्रीदर ११३.८९ रुपैयाँ छ । २०७० भदौदेखि एक डलरका लागि १ सय रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको थियो । त्यसपछि केही महिना एक डलरका लागि एक सय रुपैयाँभन्दा कम खर्चनुपर्ने भए पनि धेरै समय कायम रहेन । पुनः कमजोर भएर एक सयभन्दा माथि पुगेको नेपाली रुपैयाँ त्यसयता निरन्तर कमजोर हुदै गयो । यो वर्षको भदौमा डरलको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो ।
नेपालले विभिन्न १६३ बस्तुहरु आयात गर्दा अमेरिकी डलरमा खरिद गर्नुपर्ने हुन्छ । अाजकाे काराेबार दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।