०६ साउन २०८३, बुधबार

अर्काको बोर्डिङ पास लिएर सिड्नी उडे यी अफगानी

अर्काको बोर्डिङ पास लिएर सिड्नी उडे यी अफगानी

काठमाडौं — कडा सुरक्षा भएको भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट अफगानिस्तानका एक व्यक्ति आफ्नै देशका अन्य यात्रीको बोर्डिङ पास लिएर अस्ट्रेलियाको सिड्नीका लागि उडेका छन् । 

टर्मिनल ३ बाट शंकास्पद हालतमा पक्राउ परेका एक अन्य अफगानी यात्रीसँगको सोधपुछमा यो कुरा खुलेको हो । 

सुरक्षा एजेन्सीहरूले पक्राउ परेका व्यक्तिको पासपोर्ट र अन्य कागजात जाँच्दा उसको कागजमा नक्कली यात्री एयर इन्डियाको विमानमा सिड्नीका लागि उडिसकेको थाहा भयो । 

विमान फर्काउन असम्भव भएकाले तत्कालै अस्ट्रेलियाका सुरक्षा एजेन्सीलाई नक्कली यात्रीलाई जानकारी दिइयो । सिड्नीबाट नक्कली यात्रीलाई दिल्ली डिपोर्ट गरिँदैछ । उनीसँग सोधपुछपछि वास्तविकताको खुलासा भयो ।

घटना शनिवार रातिको हो । अनुसन्धानले देखाएअनुसार, दुवै अफगानी यात्री काबुलबाट फरक फरक एयरलाइन्समा दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका थिए । उनीहरू दुवैजना ट्रान्जिट लाउन्जमा भेट भए । 

त्यसपछि नक्कली यात्री एयर इन्डियाको विमानमा सिड्नी गए । अर्का यात्री उनको बोर्डिङ पास लिएर लाउन्जमा बसिरहे । सुरक्षा एजेन्सीका एक अधिकारीले सोधपुछ गर्दा यताउताको कुरा गरे । कुरा शंकास्पद लागेपछि अधिकारीले
सुरक्षा एजेन्सीहरूलाई जानकारी दिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्