३० असार २०८३, मंगलबार

महेश भट्टको सडक २ मा देखिनेछिन् छोरी आलिया

महेश भट्टको सडक २ मा देखिनेछिन् छोरी आलिया

काठमाडौं — बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो क्षमताकै बलमा करीयरलाई उँचो बनाएकी छन् । उनको फिल्म राजीले बक्स अफिसमा कमाइ पनि ग–यो अनि उनको अभिनयको तारिफ पनि भयो । 

अब आलिया पिता महेश भट्टको फिल्म सडक २ मा देखिने भएकी छन् । फिल्ममा उनको लीड रोल हुने बताइएको छ ।

फिल्मको निर्देशन चाहिँ आलियाकी दिदी पूजा भट्टले गर्ने भएकी छन् । 

सडक महेश भट्टले बनाएको हिट फिल्म थियो र त्यसमा सञ्जय दत्त अनि पूजा भट्टको प्रमुख भूमिका थियो । 

समाचारमा आएअनुसार, सञ्जय दत्त पनि फिल्ममा देखिनेछन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्