०८ असार २०८३, सोमबार

बलात्कार आरोपमा खाजा पसल सञ्चालक पक्राउ

बलात्कार आरोपमा खाजा पसल सञ्चालक पक्राउ

बनेपा– बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरिएका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ पात्लेखेतका २५ वर्षीय रामशरण हुमागार्इंलाई अनुसन्धानका लागि आज सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

बनेपा ननगरपालिका–७ चारदोबाटोस्थित अरनिको हाइवे एण्ड फास्ट फुड सञ्चालन गर्दै अाएका हुमागार्इंले गत आइतबार बेलुका एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जनकारी दिए । 

इलाका प्रहरी कार्यालय बनेपा इञ्चार्ज प्रहरी निरीक्षक सुनिलजङ्ग साहका अनुसार आइतबार बेलुका नै पक्राउ परेका हुमागाईंलाई आज जिल्ला अदालत धुलिखेलबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्