२५ असार २०८३, बिहीबार

भारतीय अभिनेत्री कंगना किन फसिन् विवादमा ?

भारतीय अभिनेत्री कंगना किन फसिन् विवादमा ?

अभिनेत्री कंगना रनौतले कुनै दिन भेनकी थिइन् कि भारतीय फिल्म उद्योगमा उनलाई कुनै खान(शाहरुख, सलमान या आमिर)को आवश्यकता छैन । 

उनले आफू कुनै स्टारलाई उभ्याएर सफलता पाउन नचाहने व्यक्ति भएको बताएकी थिइन् ।

२००६ मा ग्याङस्टारदेखि लिएरको अनको पछिल्लो रिलिज फिल्म सिमरन सम्म उनले लामो विवाद पूर्ण यात्रा तय गरेकी छिन् । 

कंगना पछिल्ला दिनमा फेरि चर्चामा आएकी छिन् । फिलम मणिकर्णिका द क्वीन अफ झासीका कारण । अभिनेता सोनू सूदले हालै मणिकार्णिका छोडिदिएका छन् । उनले कंगानामा निर्देशकमा हुनुपर्ने योग्यताको कमी रहेको उनको आरोप थियो । 

मणिकर्णिकका निर्देशक कृषले केही कारणले फिल्म छोडेपछि यसको केही हिस्साको निर्देशन गर्ने जिम्मेवारी कंगनाले लिएकी छिन् । 

पछिल्लो केही वर्षयता कंगनाले बलिउडमा तिब्ररुपमा कयौं विरोध बनाएकी छिन् जसको पछिल्लो नाम सूद हो । 

फिल्म विश्लेषक अर्नब बेनजीका अनुसार यदी कंगनाले यति धेरै दुश्मन बनाइन् भने फिल्म उद्योगमा उनी एक्लै पर्नेमा शंका छैन । 

salt training

कमेन्ट गर्नुहोस्