०३ असार २०८३, बुधबार

सौतेनी आमाले गराइन् ९ वर्षकी बालिकाको बलात्कार, छोरासहित पाँच जना पक्राउ

सौतेनी आमाले गराइन् ९ वर्षकी बालिकाको बलात्कार, छोरासहित पाँच जना पक्राउ

भारत प्रशासित कस्मिरको बारामुला जिल्लामा नौ वर्षकी एक बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । 

प्रहरीले बालिकाको अपहरण, सामूहिक बलात्कारमा एक महिलासहित ६ जनालाई गिरफ्तार गरेको छ । पक्राउ परेकी महिला बलात्कारमा मृत्यु भएकी बालिकाकी सौतेनी आमा हुन् ।

पीडित अभियुक्त महिलाकी सौतेनी छोरी थिइन् । महिलाले बदला लिनका लागि आफ्नो छोरा तथा उसका साथीबाट बालिकाको बलात्कार तथा हत्या गराएको आरोप लागेको छ । 

प्रहरीका अनुसार बालिकाकी सौतेनी आमाले आफ्ना १४ वर्षका छोरा तथा अन्य चार जनाबाट बालिकाको बलात्कार गराएकी थिइन् । बलात्कारको समयमा उनी स्वयं पनि त्यहाँ उपस्थित थिइन् । 

बालिकाको शव आइतबार जंगलमा फेला परेको थियो । बालिकाको शवसँग बर्बता अपनाइएको प्रहरीले जनाएको छ  । अनुहारमा एसिड हालिएको अवस्थामा शव फेला परेको छ । 

प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार केही व्यक्तिलाई सोधपुछ पछि अन्तिममा महिला, उनका छोरा र चार साथिलाई पक्राउ गरिएको छ । 

सौतेनी आमाले किन यसो गरिन् ?

भारतीय प्रहरीको रिपोर्ट अनुसार बारामुलाको उरीमा बस्ने मुस्ताक अहमदले २००३ मा एक स्थानीय महिला फहमीदासँग विवाह गरेका थिए । दुबैका एक छोरा भए । तर २००८ मा मुस्ताकले झरखण्डकी खुश्बुसँग विवाह गरे । खुश्बुले छोरीलाई जन्म दिइन् । 

फहमीदाले प्रहरीलाई बताए अनुसार मुस्ताक आफ्नो दोस्री पत्नीसँग धेरै समय विताउँथे र खुश्बुकी छोरीलाई निकै माया गर्थे । फहमीदा यसकारण रिसाएकी थिइन् र यस कुरालाई लिएर घरमा विवाद पनि हुने गरेको थियो । 

तर यसपटक फहमीदाले मुश्ताकसँग बदला लिनका लागि एक योजना बनाइन् । प्रहरीलका अनुसार महिला त्यस बेला घटनास्थलमा थिइन् जब कम्तिमा पनि पाँच जनाले बालिकालाई बलात्कार गरेका थिए । बलात्कार गर्ने मध्ये महिलाका छोरा अर्थात बालिकाको सौतेनी भाइ पनि थिए । बलात्कारपछि बालिकाको अनुहारमा तेजाव हालिएको थियो र जंगलमा फलिदिइएको थियो । 
प्रहरीका अनुसार बालिका गत १० दिनदेखि हराइरहेकी थिइन् । 

प्रहरीका अनुसार सामूहिक बलात्कापछि बालिकालाई बन्चरो प्रहार गरेर मारिएको थियो । १९ वर्षका एक युवाले प्रहरीलाई बताए अनुसार धारिलो चक्कुले उसको आँखा बाहिर निकालिएको थियो र बालिकाको शरीरमा तेजाव हालिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्