
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले सिराहाका २ ठाउँमा शाखारहीत बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सिराहाको लहान नगरपालिकाको बरियारपट्टि र सखुवानान्कारकट्टिमा थप २ शाखारहीत बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २७ शाखारहीत बैंकिङ्ग सेवा सुचारु भइसकेको बैंकले जनाएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहीत सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्तै खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टर लगायत २७ शाखारहीत बैकिङ्ग सेवा समेत गरी जम्मा १ सय १५ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छन् ।
