३० जेठ २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं–  नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले  पेट्रोलमा  रु १, डिजेल तथा  मट्टितेलमा रु  ३ बृद्धि गर्ने निर्णय गरेको छ । यस्तै ग्यासमा पनि  प्रति सिलिन्डर  रु  २५ बृद्धि भएको निगमले जनाएको छ । 

जसअनुसार अब उपभोक्ताले पेट्रोल प्रति लिटर रु  १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर रु ९८ तिर्नुपर्नेछ  । यस्तै  ग्यासको मूल्य प्रति सिलिन्डर अब रु र १ हजार ४ सय रुपैयाँ हुने भएको छ । 

नयाँ मूल्य बुधबार राती १२ बजेदेखि लागू हुने पनि निगमले जानकारी दिएको छ।
 भारतीय भारतमा इन्धनको मूल्य बढेसँगै निगमले पनि मूल्य समायोजन गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्