२१ जेठ २०८३, बिहीबार

राजधानीको स्वयभूमा कारभित्र शव भेटियो

राजधानीको स्वयभूमा कारभित्र शव भेटियो

काठमाडौं– राजधानीको स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको कारभित्र शव फेला परेको छ । गएराति करिब ११ बजे लक गरेको कारभित्र शव भेटिएको हो । 

नैकापका २५ वर्षीय श्याम श्रेष्ठ आफ्नै कारभित्र मृत अवस्थामा फेला परेका हुन् । कारभित्र वान्ता पनि गरेको महानगरीय प्रहरी वृत स्वयंभुले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ । 

स्वयंभु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको आफ्नै बा ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो परेको अवस्थामा श्रेष्ठ भेटिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्