
ढाका –बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।
बङगलादेशले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुली खरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ ।
ढाकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने दाबी गरिनन् ।
उनले भनिन्,‘नेपाल र भुटानबाट विजुल ीआयातगर्ने हाम्रो कोशिस जारी छ,नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ । उनले बङगलादेश,भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन् ।
नेपाल र बङगला देशबीच गत १० अगस्टमा इनर्जी कोअपरेशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जा मन्त्री वर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।
उर्जामन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागी बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन् ।
उर्जामन्त्री पुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजना रहकोे भन्दै आफुहरु बङगलादेशमा विद्यूत निर्यात गर्न तयार रहेको धारणा राखे । ‘हामी १० बर्षमा १५ हजार विजुली उत्पादन गरिसक्छौ,त्यसमा ५ हजार विजुली बङगलादेशलाई बेच्न हामीलाई समस्या हुंदैन् ’मन्त्री पुनले भने ।
बङगलादेशको तीनदिने भ्रमणका क्रममा ढांका पुगेका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षिय वार्ता गर्ने र शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।