१० असार २०८३, बुधबार

दीपक मनाङेका सहयोगी 'गुन्डा नाइके' बाघे पक्राउ

दीपक मनाङेका सहयोगी 'गुन्डा नाइके' बाघे पक्राउ

काठमाडौं– राजधानीमा टोली गुन्डाको रुपमा चर्चित रहेका सुकबहादुर तामा (बाघे)लाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बाघेलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो । विभिन्न व्यक्तिलाई धम्क्याएको उजुरी आएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले जानकारी दिए ।  

हाल जेल जीवन बिताइरहेका गुन्डा नाइके दीपक मनाङेका सहयोगी रुपमा लामो समय काम गरेका बाघे काठमाडौं महानगरपालिका–२ रानीवनका स्थायी बासिन्दा हुन् । 

बाघे यसअघि पनि पटक पटक पक्राउ परी धरौटीमा छुट्दै आएका थिए । बाघेले केही वर्ष अगाडि बौद्धको होटेल हायातमा प्रहरीमाथि नै आक्रमण गरेर घाइते बनाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्