२८ असार २०८३, आइतबार

सलमानको फिल्म लवरात्रिको भारतमा किनभइरहेको छ विरोध ?

सलमानको फिल्म लवरात्रिको भारतमा किनभइरहेको छ विरोध ?

फिल्म लवरात्रिको रिलिज मिति नजिकिँदै जाँदा विरोध चर्किएको छ । भारतमा फिल्मको नामको आलोचना भइरहेको छ ।

हिन्दू संगठनको आपत्ति पछि विहीबार अदालतमा उजुरी दर्ता भएको छ । एक अन्तर्वार्तामा सलमान खानले लवरात्रिको टाइटल कन्ट्रोभर्सी बारे पहिलोपटक मुख खोलेका छन् । 

उनका अनुसार फिल्मले कसैलाई र कुनै पनि सांस्कृतिका मानिसको भावनालाई चोट पु¥याएको छैन । केही दक्षिणपन्थी संस्थाले फिल्मको शिर्षकलाई लिएर आपत्ति जनाएका छन् । उनीहरुको अनुसार लवरात्रि हिन्दूको नवरात्रिको अपमान गर्दैन, मलाई थाहा छैन यो किन र कसलाई मन परेको छैन तर यो राम्रो छ ।’

सलमानले भने ‘प्यार भन्दा राम्रो अरु केही छैन, यसका लागि नाम लवरात्रि राखिएको हो । यो कुनै संस्कृतिको अपमान होइन । हाम्रा प्रधानमन्त्री यही संस्कृतिका हुन्, जब कुनै भूमिका निभाइन्छ त्यसलाई सम्मानका साथ गरिन्छ ।’

लवरात्रिलाई सलमान  खानले उत्पादन गरेका हुन् भने अभिराज मीनावालाले निर्देशन । यो एक प्रेम कथामा आधारित फिल्म हो । फिल्ममा आयुष शर्मा र वरीना हुसेल बलिउडमा पनि डेव्यु गर्दैछन् । फिल्मको ट्रेलर र गीतलाई मानिसहरुले निकै रुचाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्