२१ जेठ २०८३, बिहीबार

सर्वोच्चले छाड्ने आदेश दिएलगत्तै उमा भुजेल पुनः पक्राउ

सर्वोच्चले छाड्ने आदेश दिएलगत्तै उमा भुजेल पुनः पक्राउ

काठमाडौं– सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएलगत्तै नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उभा भुजेल पुन पक्राउ परेकी छन् । 

काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको मुद्दामा भदौ १२ गते काठमाडौंको बालाजुबाट पक्राउ परेकी भुजेललाई सर्वोच्च अदालतले शुक्रवार रिहा गर्न आदेश जारी गरेको थियो । 

उमालाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै प्रतिमा भुजेलले भदौ १७ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय सारदा प्रसाद घिमिरे र प्रकाशमानसिंह राउतको संयुक्त इजलाशले शुक्रवार थुनामुक्त गर्न आदेश दिएको थियो । 

सर्वोच्चको आदेश पछि रिहा भएकी रिमालाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । 

नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद समेत भएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्