२८ जेठ २०८३, बिहीबार

सडक बन्द भएपछि ‘भोकमरी’को खतरा, बारेकोटमा खाद्यान्न अभाव

सडक बन्द भएपछि ‘भोकमरी’को खतरा, बारेकोटमा खाद्यान्न अभाव
फाइल तस्बिर

जाजरकोट– बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । 

खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न सङ्कट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिए । 

“रित्तो हात फर्कनु परेको छ,” उनले भने । बारेकोट क्षत्रमा अहिले ढुवानी ठप्प छ । बजारमा समेत चामल अभाव छ । पुल निर्माण नभएसम्म खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बजारमा अन्य दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको छ । सडक सञ्जालले नजोडिएको बारेकोट क्षेत्रमा उब्जनी कम हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्