
नेपालगञ्ज –नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताएका छन् ।
आइतवार नेपालगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि कांग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ । पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बन्यो ।”
सहमहामन्त्री डा महतले भने, “आफूले गरेका र गर्न लागेका काम राम्रोसँग जनतालाई बुझाउन सकिएन, त्यहीनिर हामी चुक्यौँ ।”
अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गर्दै उनले सरकार सञ्चालनकर्तामा दम्भ हाबी हुँदै गएको आरोप लगाए ।