१७ असार २०८३, बुधबार

प्रधानन्यायाधीश मिश्रको शपथको तयारी, आजै पदबहाली

प्रधानन्यायाधीश मिश्रको शपथको तयारी, आजै पदबहाली

काठमाडौं – सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा साढे ५ बजे सपथको समय मिलाइएको छ । शपथलगत्तै मिश्रले सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्ने कार्यक्रम छ । 

संसदीय सुनुवाई विशेष समितिले सोमवार नै मिश्रको नाम अनुमोदन गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदनको पत्र पठाएपछि राष्ट्रपति कार्यालयले शपथको समय मिलाएको हो ।  

संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि मिश्रले सर्वोच्चको कामु प्रन्याको रूपमा काम गरिरहेका छन् । मिश्रको कार्यकाल आगामी पुस १८ गतेसम्म रहने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्