२५ असार २०८३, बिहीबार

राजपाले ३ असोजलाई कालो दिन नभन्ने

भदौ २६, २०७५
राजपाले ३ असोजलाई कालो दिन नभन्ने

काठमाडौं–राष्ट्रिय जनता पार्टीले संविधान जारी भएको दिन ३ असोजमा विरोध प्रदर्शनको तयारी गरेको छ । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा राजपाले विरोधका कार्यक्रम ल्याउन लागेको हो । तर, उसले ३ असोजलाई कालो दिन घोषणा नगर्ने भएको छ ।

राजपा स्रोतका अनुसार संविधान दिवसमा समर्थन गरेर दिवसका कार्यक्रममा सहभागी हुन नहुने र विरोध भनेर कालो दिन घोषणा गरेर ब्ल्याक आउट पनि नगरिने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्