०५ असार २०८३, शुक्रबार

फेरि सांसद बन्न बामदेवले चाहेका थिए नवराज सिलवाल समेतको राजीनामा !

भदौ २६, २०७५
फेरि सांसद बन्न बामदेवले चाहेका थिए नवराज सिलवाल समेतको राजीनामा !

काठमाडौं– डोल्पाका सांसद धनबहादुर बूडाले बुढाले राजीनामा नदिने भएपछि नेकपा नेता वामदेव गौतमका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । 
आजको नयाँ पत्रिका दैनिकका अनुसार  पूर्वी रुकुममा कमला रोक्का र प्युठानमा दुर्गा पौडेल सांसद रहेको निर्वाचन क्षेत्र विकल्प हुन सक्ने विषयमा छलफल सुरु भएको छ । 

यसअघि वामदेवले ललितपुर १ बाट निर्वाचित नवराज सिलवाल, नवलपरासी (नवलपुर) का तिलक महत र प्युठानबाट निर्वाचित दुर्गा पौडेलमध्ये एकलाई राजीनामा गर्न लगाएर उम्मेदवार बन्ने योजना बनाएपनि तीनैजनाले अस्वीकार गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्