०२ असार २०८३, मंगलबार

सिन्डिकेट विवादले अग्रिम टिकटमा अन्योल

भदौ २६, २०७५
सिन्डिकेट विवादले अग्रिम टिकटमा अन्योल

काठमाडौँ-दसैँका लागि अग्रिम बस टिकट कहिलेदेखि खुला गर्ने भन्नेमा अन्योल छ । 
अग्रिम टिकट खुलाउनका लागि आयोजना भएको बैठकमा सिन्डिकेटको चर्चा चलेकाले अन्योल बढेको हो । 
यातायात व्यवस्था विभागले व्यवसायीसँग छलफल गरे पनि टुङ्गो भने लागेको छैन । 
कहिलेदेखि अग्रिम टिकट खुलाउने भन्ने कुरा सरकारको हातमा रहेको व्यवसायीले बताएका छन् । 

विभागसँगको बैठकमा व्यवसायीले सिन्डिकेट गर्दै आएका यातायात समितिको रोक्का भएको खाता सञ्चालन गर्न दिनुपर्ने र सवारी भाडा समायोजन गर्नुपर्ने माग राखेपछि विभागले मन्त्रालयसँगको बैठकपछि सहमति गर्ने जनाएको छ । 

व्यवसायीले यातायातको क्षेत्रमा सरकारले निक्कै अप्ठ्यारो पारेको गुनासो गरेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्