२६ असार २०८३, शुक्रबार

नाडा अटो शोमा ‘स्याङयोङ अन्बिटेबल अफर’

नाडा अटो शोमा ‘स्याङयोङ अन्बिटेबल अफर’

काठमाडौं – भदौ ३१ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भइरहेको नाडा अटो शो २०१८ मा भारी छुटका साथ ‘स्याङयोङ अन्बिटेबल अफर’ सहित स्याङयोङका गाडी स्टल नम्बर ‘ए६’ मा उपलब्ध रहेका छन् ।

स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आईएमएस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेका आईएमएस मोटर्सले रेक्सटन, कोराण्डो, टिभोली, एक्सएलभी र एकट्योन स्पोर्ट गरी ५ प्रकारका कोरियन लक्जरी एसयूभी मोडलका गाडी प्रदर्शन गर्दैछ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत स्याङयोङका मूल्यवान ग्राहकलाई नाडा अटो शोका लागि मात्र भनेर पूर्वबजेट मूल्य तोकिएको छ । पूर्वबजेट मूल्यमा ५ लाख रुपैयाँसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्यामसङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुविधा लगायत सुविधा छन् ।

थप सुविधाहरू ३ वर्षको वारेन्टी ६० किलोमिटरसम्म, सुलभ ईएमआई, १ वर्षको निःशुल्क रोड ट्याक्स, १ वर्षको निःशुल्क बीमा, ५ वर्ष निःशुल्क सर्भिसिङ, निःशुल्क एक्स्यासरिज २५ हजार रुपैयाँसम्म रहेका छन् ।

स्याङयोङ दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना वर्ष सन् १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि  सम्मानित हुँदै आएको छ । सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरीय इन्जिनियरिङ हो । कम्पनीसँग लक्जरी कारहरू, एसयूबीहरू, पीकअप ट्रक र एमपीभीहरू छन् । कम्पनीले संसारभर करीब १ हजार ६ सय ५८ बिक्रेतामार्फत् १ सय २८ भन्दा बढी देशमा निर्यात सञ्जाल मजबुत बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्