×

NMB BANK
Dabur

निर्मला हत्या प्रकरण : दिलिपसिंह विष्टलाई धरौटीमा छाड्ने तयारी

भदौ २६, २०७५

NTC
Premier Steels
Marvel

महेन्द्रनगर – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई धरौटीमा रिहा गरिँदैछ ।

Sagarmatha Cement

तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक विष्टलाई फसाउन खोजेको भनेर कञ्चनपुरमा आन्दोलन भएको थियो । घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको भनेर सरकारी वकिल कार्यालय कञ्चनपुरबाट विष्टलाई छाड्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधिसहित सरकारी वकिल कार्यालयका कर्मचारीले अहिले विष्टलाई छाड्न कागजी प्रक्रिया पुर्याइरहेका छन् । विष्टलाई छाड्ने खबर थाहा पाएपछि कार्यालयबाहिर पत्रकारको भीड लागेको छ । नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए ।


Advertisment
SBL

अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले विष्टलाई फसाउन घरबाट सर्टको खल्तीको टुक्रा ल्याएर घटनास्थलमा फाली मृतक निर्मलाका बुवालाई देखाएका थिए । जुन षड्यन्त्र सार्वजनिक भएपछि स्थानीय स्तरमा प्रहरीको विरोध भएको थियो ।

Vianet communication
Laxmi Bank

एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेका छन् । एसपी विष्टलाई सरकारले निलम्बन समेत गरेको छ ।

विष्ट धरौटीमा रिहा हुने भएपछि वास्तविक हत्यारा पत्ता लगाउन प्रहरी नेतृत्वमाथि दबाब बढ्ने देखिएको छ । उच्चस्तरीय छानबिन समितिको म्याद थपिएपछि अनुसन्धान लम्बिँदा वास्तविक हत्याराले उन्मुक्ति पाउने खतरा रहेको भन्दै समितिका सदस्य उपसचिव विरेन्द्र केसीले सोमवार समितिबाट राजीनामा दिएका थिए । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

'गरिबका छोराछोरी लडेको दिन'

'गरिबका छोराछोरी लडेको दिन'

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

x