३० असार २०८३, मंगलबार

अपडेट : निर्मला हत्याका अभियुक्त बबिता बम धरौटी, दिलिप र रोशनी सादा तारेखमा रिहा

अपडेट : निर्मला हत्याका अभियुक्त बबिता बम धरौटी, दिलिप र रोशनी सादा तारेखमा रिहा

महेन्द्रनगर – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई सादा तारेखमा रिहा गरिएको छ ।

घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् । 

तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक दिलिपसिंह विष्टलाई फसाउन खोजेको भनेर कञ्चनपुरमा आन्दोलन भएको थियो । घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको भनेर सरकारी वकिल कार्यालय कञ्चनपुरबाट विष्टलाई रिहा गरिएको छ ।

नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए । अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले विष्टलाई फसाउन घरबाट सर्टको खल्तीको टुक्रा ल्याएर घटनास्थलमा फाली मृतक निर्मलाका बुवालाई देखाएका थिए । जुन षड्यन्त्र सार्वजनिक भएपछि स्थानीय स्तरमा प्रहरीको विरोध भएको थियो ।

एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेका छन् । एसपी विष्टलाई सरकारले निलम्बन समेत गरेको छ ।

विष्ट धरौटीमा रिहा हुने भएपछि वास्तविक हत्यारा पत्ता लगाउन प्रहरी नेतृत्वमाथि दबाब बढ्ने देखिएको छ । उच्चस्तरीय छानबिन समितिको म्याद थपिएपछि अनुसन्धान लम्बिँदा वास्तविक हत्याराले उन्मुक्ति पाउने खतरा रहेको भन्दै समितिका सदस्य उपसचिव विरेन्द्र केसीले सोमवार समितिबाट राजीनामा दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्