१९ असार २०८३, शुक्रबार

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

भदौ २७, २०७५
कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

काठमाडौं–कतारले निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । 

कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याइने गरिएको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ । 

तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्