
काठमाडौँ– पटकपटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो । सोही अनुसार बैठक बोलाइएको हो ।
बैठकमा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने थालेको बताए ।
जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।
एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको छ ।