२२ असार २०८३, सोमबार

गरिमा अटो लोन १२ वर्षका लागि १०.५०% व्याजमा

गरिमा अटो लोन १२ वर्षका लागि १०.५०% व्याजमा

काठमाडौं – नाडा अटो शो २०१८ को सन्दर्भमा नेपालका लागि टोयोटा ब्राण्डका सवारीसाधन वार्षिक १०.५०% व्याजदर ऋण कर्जामा उपलब्ध हुने भएका छन् ।

सवारीसाधनको आधिकारिक अधिकृत बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालि र गरिमा विकास बैंकबीच टोयोटा ब्राण्डको सवारीसाधनमा कर्जा लगानी गर्दा मात्र वार्षिक १०.५०% व्याजदरमा कर्जा १२ वर्षसम्मका लागि लगानी गर्न सक्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यूनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालि तथा त्यस संस्थाका आधिकारिक डिलरबाट खरीद गरिएका टोयटा ब्राण्डका सम्पूर्ण सवारीसाधनमा बैंकले वार्षिक १०.५०% व्याजदरमा १२ वर्षका लागि १ सय ४४ महिनाको सरल किस्ताबन्दी कर्जा दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र यूनाइटेड ट्रेडर्स युनाइटेड टे«डर्स सिन्डिकेट सिन्डिकेट सिन्डिकेट्स प्रालिबीच सम्झौता भएको छ ।

सोमवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालिको तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् गरिमा विकास बैंक लिमिटेडबाट टोयटा कम्पनीको लिभा इटिओस २९ हजार २ सय २ रुपैयाँ मासिक किस्तामा, इटिओस क्रस ३३ हजार ४ सय १९ रुपैयाँ मासिक किस्तामा र हालसालै बजारमा आएको टोयोटा रुश ५३ हजार २ सय ३२ रुपैयाँ मासिक किस्तामा लगायत अन्य कम्पनीले बिक्री गर्ने सम्पूर्ण ब्राण्डका सवारीसाधनमा १२ वर्षे सरल किस्ताबन्दीमा कर्जा उपलव्ध गराउने जनाएको छ ।

पर्यटन व्यवसायीका लागि पनि ब्राण्डका सवारीसाधलाई समेत स्किम दिन सकिने वैंकले जनाएको छ । कर्जा सुविधा बैंकका सम्पूर्ण ६१ शाखा कार्यालयबाट पाइने छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ६ वटा शाखा कार्यालयसहित देशभर ६१ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । 

विकास बैंकले छिट्टै नै ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, दाङको घोराही र कैलालीको धनगढीमा समेत शाखा कार्यालय खोल्दैछ । बैंकले हालसम्म निक्षेप तर्फमा २२ अर्ब परिचालन गरिसकेको छ भने कर्जातर्फ लगानी २० अर्ब गरिसकेको छ  ।

गत वर्षको नाफाबाट लगानीकर्तालाई १०% वोनश शेयर र ३.७५% नगद लाभांश आगामी साधारण सभाबाट स्वीकृत हुने गरी नेपाल राष्ट्र बैंक स्वीकृतार्थ पेश समेत गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्