
काठमाडौं – नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटीएस) ले भदौ ३१ गतेसम्म चल्ने नाडा अटो शो २०१८ मा स्पेसल अफरको घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डका लागि र अटोमोबाइलमा सौख राख्नेको लागि नाडा अटो शो उत्कृष्ट अवसर हुने जनाइएको छ ।
अफर अन्तर्गत नाडा अटो शो अवधिभर टोयोटाको हरेक बुकिङमा ५ जोडीको लागि ५ दिन, ४ रातको बाली टूर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टूर र २ जोडीको लागि माउन्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्न सक्ने छन् । टोयोटाले आकर्षक नगद छुटको व्यवस्था पनि गरेको छ ।
भर्खर मात्र सार्वजनिक गरिएको एसयूभी ‘रस’ नाडा अटो शोको प्रमुख आकर्षण रहने कुरा कम्पनीले जनाएको छ । डुवल भीभीटी आई सुपर इन्जिन भएको ‘रस’मा ६ एसआरएस एयर ब्याग रहेका छन् । जसबाट रसलाई कम्पनीले सुरक्षाको दृष्ट्रिकोणले सर्वोत्कृष्ट दाबी गरेको छ । ७ सिटर ‘रस’ २८० एमएम रक बटम ग्राउन्ड क्लीयरेन्स, १७ इन्च ह्वील बेसजस्ता विशेषताले सुसज्जित रहेको छ ।
अत्याधुनिक प्रविधिले भरपुर बेस्ट इन क्लास एसयूभी ‘रस’मा भीएससी (भेहिकल स्टेबिलिटी कन्ट्रोल), टीआरसी (ट्याक्सन कन्ट्रोल सिस्टम), अटो कन्ट्रोल हुने फ्रन्ट फग एलईडी हेड ल्याम्प, स्मार्ट इन्ट्री सिस्टम, ईएसएस (इमरजेन्सी सिग्नल सिस्टम), एबीएस (एन्टी लक ब्रेकिङ सिस्टम) र एचएसी (हिल स्टार्ट असिस्ट कन्ट्रोल) जस्ता विश्वस्तरीय प्राविधिक विशेषता रहेका छन् ।
प्री बुकिङ अवधिमा नै ग्राहक वर्गमा बलियो छाप पार्दै १५० टोयोटा ‘रस’ बिक्री भयको थियो । आकर्षक अफरसँगै छोटो समयमा नै प्रतिस्पर्धीमाझ सबैभन्दा अगाडि रहन टोयोटा ‘रस’ सफल भयको छ । शोमा कम्पनीले आफ्ना अरु ब्राण्ड र्याभ फोर, ल्याण्ड क्रुजर, प्राडो, हाइलक्स र फरट्युनर पनि राख्ने भएको छ ।
नाडा अटो शोका ग्राहकलाई टोयोटाले इन हाउस फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ । कम्पनीले सम्पूर्ण ग्राहकलाई स्टल नम्बर ‘ए९’ भ्रमण गरी बुकिङमार्फत् आकर्षक पुरस्कार प्राप्त गर्न अपिल गरेको छ ।