२० असार २०८३, शनिबार

रुसमा पुटिन र शीले पकाए खाजा

रुसमा पुटिन र शीले पकाए खाजा

काठमाडौं — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति शी चिनफिङले मंगलवार एक आर्थिक सम्मेलनको क्रममा खाजा पकाएका छन् । 

ईस्टर्न इकोनोमिक फोरमका भाग लिन एक हजार व्यापारी र अधिकारीको दलका साथ शी रुसको भ्लादिभोस्तोक पुगे । पुटिनसँग व्यापारनीति र उत्तर कोरियामा चर्चापछि दुवै मेलामा भाग लिए । 

फार ईस्ट स्ट्रीट नामक यस मेलामा दुवै नेताले प्यानकेक बनाउनका लागि शेफको लुगा लगाए । पुटिन र शीले केक बनाए अनि सँगै खाजा पनि खाए । 

पुटिन चीनको भ्रमणमा हुँदा पनि उनले शीका लागि प्यानकेक बनाएका थिए । 

त्यसको एक दिनअघि रुस र चीनले मंगोलियनसँग मिलेर संसारको सबभन्दा युद्धाभ्यास भोस्तोक शुरू गरे । त्यसमा लगभग तीन लाख सैनिक, ३६ हजार सैन्य वाहन, ८० जहाज, एक हजार एयरक्राफ्ट हेलिकप्टर र ड्रोन छन् । 

सात दिनसम्म चल्ने यो युद्धाभ्यासमा पुटिनले इकोनोमिक फोरमपछि भाग लिने सम्भावना छ । अहिले चाहिँ शी इकोनोमिक फोरमका प्रमुख अतिथिमध्ये एक हुन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्