२२ असार २०८३, सोमबार

बलात्कारको आरोपमा पक्राउ परेका हिन्दू ‘बाबा’ रहेछन् मुसलमान !

बलात्कारको आरोपमा पक्राउ परेका हिन्दू ‘बाबा’ रहेछन् मुसलमान !

भारतमा पछिल्ला वर्षहरुमा ‘बाबा’ हरु पक्राउ पर्ने क्रम जारी छ । 

धर्मको आडमा अपराधमा लाग्ने यस्ता बाबाहरुको सूचीमा फेरि एकजना चर्चित बाबा परेका छन् । 

मानिसहरुमा आशु महाराजको नामले चिनिएका चर्चित बाबा सामूहिक बलात्कारमा संलग्न भएपछि उनको वस्तविक मुखुण्डो उत्रिएको हो । 

दिल्ली प्रहरीको खोजीमा रहेका बाबा पक्राउ परेसँगै उनीबारे नयाँ नयाँ तथ्यहरु फेला पर्दै आएका छन् । 

को हुन् आशु महाराज

विश्वविख्यत ज्योतिषचार्य, हस्तरेखा विशेषज्ञ तथा काला जादूको महारथी भन्दै भक्तहरुको आस्थाका केन्द्रमा रहेका आशु महारज हिन्दू नै नभएको तथ्य फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लाखौं भक्तका आदर्श रहेका आशू महाराजको वास्तविक नाम आसिफ खान रहेको तथ्य फेला परेको हो । 

उनी हिन्दू नभएर मुसलमान भएको तथ्य फेला परेको हो । 

एक महिला र उसकी छोरीलाई बलात्कार गरेको आरोपमा आशू भाई गुरुजी महाजार । 

जो भक्त आशु भाई गुरुजीको चरणमा पर्थे उनी आसिफ खान हुन् । उनको यो नाम भारतको निर्वाचनको लिस्टमा रहेको हुन्छ । 

मुसलमान भएपनि आसिफ  खान आशुभाइ गुरुजी बनेर भक्तको आस्थामा खेलवाड गरिरहेका छन् । अब प्रश्न उठ्छ आखिर आसिफ खान किन आशु भाइ गुरुजी बने ?

उनले आफ्नो कालोधन्दाको शुरुवात १९९० मा गरेका थिए । 

दिल्लीको वजीपुरमा गुरु भएर धन्दा सुरु गरेका आशुभाइ २०१८ मा आइपुग्दा करोडौंको मालिक बनेका छन् । उनीसँग करोडौंको सम्पत्ति रहेको छ भने कयौं महंगा गाडी रहेका छन् । आशु भाइ गुरुजी अर्काको भविष्य हेर्दा हेर्दै आफ्नै भविष्य थाहा पाएनन् । 

काम शुरु गरेको केही समयमै काम गर्नेले ५० लाख चोरेपछि आशुभाइ ले केहीसमय अरुको भविष्य हेर्ने काम बन्द गरे । त्यसपछि उनले फेरि त्यही काम शुरु गरे र मानिसको भाग्य हेर्दै गए । तर उनी त्यसबेला फसे जब उनी पनि बाबा राम रहिम, आसारामबाप्पुकै पथमा लागे । उनी पनि भक्तमाथि यौन शोषणमा लागे जसले गर्दा उनको मान प्रतिष्ठासहित करोडौं रुपैयाँको कमाइ सहित उनको वास्तविकता पनि  सार्वजनिक भयो । 

salt training

कमेन्ट गर्नुहोस्