
काठमाडौं-उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ वर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्वडिएसपी बल्लभबहादुर सिंहविरुद्ध मुद्दा दायर भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गतवर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो ।
उनी ०३७ वैशाखमा १८ वर्ष पुगेका थिए । तर, आफू १६ वर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ ।