
डोटी– डोटीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको ना ७ ख ९११४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डोटीको जोरायल गाउँपालिका २ अठासीको मोडमा बिहीबार बिहान करिब ३ बजे बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार गरी कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा लगिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।