
संखुवासभा– संखुवासभाको सिलिचुङ गाउँपालिका– ३ याचम्खा जन्तरे टोलमा पहिरो खस्दा ३५ घर जोखिममा परेका छन् । लगातार ३ दिनदेखि परेको वर्षाका कारण बुधबार राती पहिरो खस्दा ६ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी ताम्कुबाट प्रहरीको टोली खटिएको छ । प्रभावितलाई सुरक्षित स्थान तथा आफन्तको घरमा सारिएको छ । पहिरोबाट विस्थापित परिवारलाई उद्धार तथा राहत वितरणको लागि स्थानीय जनप्रतिनिधि र सम्बन्धित कार्यालयमा समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।