१५ असार २०८३, सोमबार

स्थानीय तह कर्मचारीका लागि आकर्षक बनेन

भदौ २८, २०७५
स्थानीय तह कर्मचारीका लागि आकर्षक बनेन

काठमाडौँ–देशमा नयाँ संविधान अनुसार सङ्घीय प्रणाली कार्यान्वयनमा आए पनि स्थानीय तह भने कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न सकेको छैन ।
 स्थानीय तहमा कर्मचारीका लागि आकर्षण नहुँदा कर्मचारी समायोजन कार्य समेत अन्योलमा परेको छ । 
सङ्घमा कार्यरत कर्मचारीहरू पहुँचवालाका आसपासमा घुम्ने, यातायात पारवाहन सुविधा पाउने, अध्ययन र भ्रमणको पर्याप्त अवसरमा हुने तर स्थानीय तहमा कार्यरत कर्मचारीहरूती सेवाबाट वञ्चित हुनुपर्ने भयले कर्मचारीहरू स्थानीय तहमा जान नमानेको कतिपयको बुझाइ छ । 
सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास छिट्टो हुने कानुनी व्यवस्था गर्नेपर्ने, सङ्घ र प्रदेशमा कार्यरत कर्मचारी भन्दा स्थानीय तहमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित भत्ता (इन्सेन्टिप) को व्यवस्था गर्नुपर्ने स्थानीय तहमा छोटो अवधि काम गरेपछि स्वतः बढुवा हुने र बढुवा भएपछि ती कर्मचारी सङ्घमा आउन पाउने व्यवस्था हुने हो भने स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द बन्नसक्ने तर्क कतिपय कर्मचारीहरूको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्