०५ साउन २०८३, मंगलबार

सांगठानिक एकीकरणबारे नेकपाले आज पनि छलफल गर्दै

सांगठानिक एकीकरणबारे नेकपाले आज पनि छलफल गर्दै

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवामा बुधबार बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’संगको सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरे ।

बैठकमा उठेका विषयमाथि थप परामर्श गर्न नेकपाले बिहीबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ । बुधबारको बैठकमा उक्त प्रतिवेदनमाथि छलफल शुरु भएको थियो । बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ । जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्