२२ असार २०८३, सोमबार

डाक्टरकाे माग अनुसार ऐन संशोधन तत्काल नगर्न सर्वोच्चको आदेश

डाक्टरकाे माग अनुसार ऐन संशोधन तत्काल नगर्न सर्वोच्चको आदेश

काठमाडौं– मुलुकी अपराध संहिता २०७४ संशोधन प्रकृया अगाडि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । 

न्यायाधीश दिपकराज जोशीको एकल इजलासले अर्को सुनुवाई नभएसम्मका लागि सरकार र चिकित्सकहरुबीच भएको सहमति अनुसार संहिता संशोधन नगरि यथास्थितिमै राख्न आदेश दिएको हो । आदेशमा स्वास्थ्य संस्थामा बन्द हड्ताल लगातका काम नगर्न पनि आदेश दिइएको छ । 

चिकित्सकसंग सरकारले गरेको सहमतिविरुद्ध उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट विष्णु प्रसाद तिमिल्सिनाले  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाडौ समेतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए । 

यसअघि स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र आन्दोलनरत चिकित्सकहरुको संस्था नेपाल चिकित्सक संघबीच ऐन संशोधन गर्ने विषयमा सममति भएको थियो ।

गत २५ गते स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै संहिता संशोधनको प्रक्रिया अघि बढिसकेको जनाएको थियो । मन्त्रालयको विज्ञप्तिपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्