१९ असार २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकको गोरखा शाखाको औपचारिक उद्घाटन

ग्लोबल आईएमई बैंकको गोरखा शाखाको औपचारिक उद्घाटन

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले बिहीवार गोरखाको गोरखा बजारमा शाखाको औपचारिक उद्घाटन गरेको छ ।

शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गरे । शाखामा खोलिएको एटीएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरिन् ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मूल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिँदै बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा विस्तार गर्दै जाने बताए ।

उनले बैंकले प्रदान गरिरहेका सुविधाजस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आईएमई बैंकले गोरखा जिल्लामा गोरखा बजार, मनकामना र सिरानचोक गरी ३ वटा शाखा सञ्चालन गरिरहेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडले बिहीवारका दिनदेखि नै १ सय ३२ औ शाखा र १ सय ३७ औ एटीएम सेवा नवलपरासी जिल्लाको गैंडाकोटमा सञ्चालनमा ल्याएको छ । गैंडाकोटमा खोलिएको नयाँ शाखा र एटीएम सेवासँगै बैंकको शाखा संख्या १ सय ३२ र एटीएम सेवा १ सय ३७ पुगेको छ । 

बैंकले १ सय २ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।  यसका साथै अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्