१७ असार २०८३, बुधबार

गण्डक नहरमा रहेका रुख अवैध रूपमा कटान

गण्डक नहरमा रहेका रुख अवैध रूपमा कटान
सन्दर्भ तस्वीर

नवलपरासी-  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ लङ्गडीपाकडस्थित गण्डक नहरमा रहेका रुख अवैध रूपमा कटानी भएको छ । केही स्थानीयबासीले ले लङ्गडीपाकड गाउँको उत्तरतर्फ रहेको पश्चिम गण्डक नहरसँगै रहेको पुसहा नदीदेखि पश्चिम ९५ नम्बर भन्ने पुलसम्म करीब २५ काँचो रुख कटान गरिएको जनाएका छन् । 

स्थानीयवासीले जिल्ला वन कार्यालयमा दिएको निवेदनमा सिसम १८ थानसहित गुल्लर र सफेदा गरी करीब २५ रुख कटान भएकाले कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको स्थानीयवासी रामचन्द्र मालीले जानकारी दिनुभयो । 

उक्त कार्यालयले भने ती रुख अनुमतिविनै काटिएकाले उक्त काममा संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गरिने जनाएको छ । उक्त कार्यालय र सेक्टर वन कार्यालय बन्जरीयांले रुख कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न चासो नदेखाएको स्थानीयवासीको आरोप छ । अहिले कटान भएका रुखका गोटाहरु लङ्गडीपाकड गाउँमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्