
काठमाडौं — यस वर्षको सबभन्दा बढी प्रतीक्षा गरिएको भारतीय फिल्म २.० को टीजर बिहीवार सार्वजनिक गरिएको छ ।
रजनीकान्त र अक्षय कुमारको यो फिल्म अहिलेसम्मकै सर्वाधिक बलिउड फिल्म हो । फिल्म बनाउन पाँच अर्ब ४३ करोड रुपैयाँ खर्च गरिएको छ ।
यो फिल्म नोभेम्बर २९ मा सार्वजनिक हुनेछ ।
२.० सँगै अक्षयले तमिल फिल्म उद्योगमा डेब्यु गर्दैछन् । उनी वैज्ञानिक डा रिचार्डको भूमिकामा देखिँदैछन् । ट्रेलरमा उनको भूमिकाको झलक पाइन्छ र एनिमेसनको प्रयोग गजबको छ ।
रजनीकान्त चाहिँ वैज्ञानिक डा वशीकरण बनेका छन् ।
फिल्ममा एमी ज्याक्सन रजनीकान्तको हिरोइन हुन् ।
फिल्मको हिन्दी संस्करण करण जोहरले प्रस्तुत गर्दैछन् । तमिल र हिन्दीका अलावा यो फिल्म १३ भाषामा डब गरिने बताइएको छ ।
एजेन्सी