२१ जेठ २०८३, बिहीबार

भरतपुरबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

भदौ २९, २०७५
भरतपुरबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

तनहुँ– चितवनको भरतपुरबाट पोखरातर्फ जाँदै गरेको ना५ख २ नंको बस तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

विवाहका लागि जन्ती बोकेर जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करीब पाँच मिटर तल पल्टिँदा बसमा सवार चितवन निवासी १७ वर्षीय सन्देश खड्काको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा चितवन भरतपुर महानगरपालिका निवासी २३ वर्षीय सरोज थापा, नवलपरासी गैडाकोट–४ निवासी २८ वर्षीया शान्ति गुरुङ, सोही ठाउँका २१ वर्षीया गङ्गा थापा, ४३ वर्षीया नरमाया थापा र ५५ वर्षीया दुर्गा पुन घाइते भएका छन् । घाइतेमध्ये सरोजको शुक्लागण्डकीस्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको टाउको र शरीरमा चोट लागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्