
काठमाडौं–विद्युतीय कारोबार ऐनमा सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) समेटिएको छैन तर प्रहरीले सामाजिक सञ्जालमा पोस्ट, सेयर र लाइक गर्नेलाई पनि यही ऐनअनुसार मुद्दा चलाउने
गरेको छ ।
कसैको मान–प्रतिष्ठामा आँच आउने काम गरे गाली बेइज्जतीसम्बन्धी कसुरअनुसार कारबाही गर्न सकिने भएपनि त्यस्तो हुन नसकेको आजको कान्तिपुर दैनिकले ‘साइबर क्राइम भन्दै सताउँदै’ शीर्षकमा विस्तृत खबर छापेको छ ।