०९ असार २०८३, मंगलबार

यस्तो देखियो बिजुलीबजारमा बनिरहेको नेपालकै पहिलो आर्क पुल [फोटोफिचर]

भदौ ३०, २०७५
यस्तो देखियो बिजुलीबजारमा बनिरहेको नेपालकै पहिलो आर्क पुल [फोटोफिचर]

काठमाडौं– काठमाडौंको बिजुलीबजारस्थित धोबीखोला बनिरहेको आर्क पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ  ।

पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको निर्माणको जिम्मा पाएको जेई कन्स्ट्रक्सन प्रालिले जनाएको छ । पूर्वसम्झौता अनुसार यो पुल ०७४ पुस १३ गतेभित्र सम्पन्न भइसक्नुपर्ने थियो । विभिन्न समस्याले गर्दा अहिले सम्मपनि नसकिएको जेइको भनाइ छ ।

कुल १३ करोड १३ लाख रुपैयाँ लागतमा बन्न लागेको पुलको लम्बाई ५० मिटर र चौडाई १२ मिटर रहेको छ ।

यस ब्रिजको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिनेछ । बीचमा बलिया तार जडान गरिन्छ । बीचमा गार्डर (दलिन) पनि राखिनेछ । नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ ।

आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहाले पनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सिङ गरिन्छ । त्यसपछि माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ ।


 

salt training

कमेन्ट गर्नुहोस्