०८ असार २०८३, सोमबार

डोल्पामा नमिलेपछि विकल्प खोज्दै वामदेव, आयो नयाँ अफर

भदौ ३१, २०७५
डोल्पामा नमिलेपछि विकल्प खोज्दै वामदेव, आयो नयाँ अफर

काठमाडौं– उपनिर्वाचनमार्फत संघीय संसदमा आउने कसरतमा रहेका नेकपा सचिवालय सदस्य वामदेव गौतम डोल्पाको विकल्प बाँके क्षेत्र नम्बर तीन तिर केन्द्रीत बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

वामदेवका लागि अहिले महासचिव विष्णु पौडेलले बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायासँग कुराकानी गरेका हुन् ।

यसो त उनका लागि दैलेख क्षेत्र नम्बर १ का सांसद रवीन्द्रराज शर्माले पनि आफ्नो क्षेत्रबाट उपनिर्वाचन लड्न अफर गरेका छन् । शर्माले वामदेव सो क्षेत्रबाट उठ्न इच्छुक भए आफू राजीनामा दिन तयार भएको बताएको  समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्