
सुनसरी– सुनसरीको रामधुनी नगरपालिका-६ मा कुलाे (पैनी)मा डुबेर एकजना बृद्धको मृत्यु भएको छ । सोही स्थान बस्ने ६५ बर्षीय गोरीलाल चौधरीको पैनीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
ससुराली जान्छु भनि घरबाट हिँडेका चौधरीकाे कुलाेमा डुबेको अवस्थामा आइतवार दिउँसो शव फेला परेको थियो । प्रहरीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको जनाएको छ ।