०३ असार २०८३, बुधबार

आइएस कमाण्डरको मृत्यु , प्रहरी कारबाहीमा आतङ्ककारीहरु मारिए

कात्तिक २०, २०७४
आइएस कमाण्डरको मृत्यु , प्रहरी कारबाहीमा आतङ्ककारीहरु मारिए

जलालबाद(अफगानिस्तान), १६ मङ्सिर – पू्र्वी अफगानिस्तानका बुधबार अफगान सैनिकको सहयोगमा प्रहरीको एक समूहले आतङ्ककारीविरुद्ध जारी राखेको कारबाहीमा इस्लामिक स्टेट (आइएस) का एक कमाण्डरसहित अन्य केही आतङ्ककारीको मृत्यु भएको छ ।

आफनिस्तानको राजधानी काबूलबाट १२० किलो मिटर पूर्वमा रहेको नान्गार्हारको प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा जारी रहेको कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका प्रान्तीय प्रहरी प्रवक्ता हज्रात मसरिक्वालले समाचार दार्ताहरुलाई बिहीबार बताउनु भएको छ ।

आचिन जिल्लाको दसना लगात गाउँमा बुधबार राति भएको प्रहरी कारबाहीमा ती आतङ्ककारीहरु मारिएका छन् ।

आइएस कमाण्डर जाहिदसहित अन्य केही आतङ्ककाकरी मारिएका बताइएको छ । तर यस कारबाहीमा के कति सङ्ख्या हताहत भएका हुन सो सङ्ख्या भने प्रष्ट पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्