०३ असार २०८३, बुधबार

११ वर्षअघिकाे १४ जनाको हत्या भएको अत्यासलाग्दाे घटना

११ वर्षअघिकाे १४ जनाको हत्या भएको अत्यासलाग्दाे घटना

कपिलवस्तु– कपिलवस्तु घटनाका पीडितले ११ वर्ष बित्दा पनि अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । विसं २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय नेता अब्दुल मोहिद खानको मृत्युपछि चन्द्रौटालगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किंदा ठूलो जनधनको क्षति भएको थियो । 

कपिलवस्तु घटना पीडित सङ्घर्ष समितिका अध्यक्ष महादेव पोख्रेलले घटना भएको ११ वर्ष बित्दा पनि आजसम्म पीडितले राहत नपाएको बताए । उक्त घटनामा १४ जनाको हत्या, एक हजार ५६ घर तथा पसलमा तोडफोड, आगजनी र लुटपाट, २५६ बढी सवारी साधनमा आगजनी गरिएको थियो । 

घटनाको अनुसन्धान गर्न तत्कालीन सरकारले पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा गठन गरेको आयोगले प्रतिवेदन पनि बुझाइसकेको छ । आयोगले सवारी साधन बाहेक करीब रु २० करोड बढी क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । घटनापीडित सङ्घर्ष समितिले रु ५० करोडको क्षति भएको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्