
चीन – नेपालसाग रेलमार्ग जोडिने विषयलाई चिनियाँ अधिकारीहरुले उच्च प्राथामिकतामा राखेर काम भै रहेको बताएका छन् ।
तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले नेपालसँग रेलमार्ग जोड्न चीन सरकारले उच्च प्राथामिकताका साथ काम गरिरहेकाले ५ बर्ष भित्र काठमाडौंमा रेल पुग्ने बताएका छन् ।
ल्हासामा सम्पन्न चौथो नेपाल, चीन– तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी आएका उपाध्यक्ष चु ले प्राकृतिक रुपमा केही अप्ठेराहरु हरेपनि केरुङ हुदै काठमाडौँसम्म रेल पु¥याउन ५ बर्ष लाग्ने बताए ।
उपाध्यक्ष चुले नेपालले चीनसँगको सीमासम्म सडक सञ्जाललाई विस्तार गर्नुपर्ने उल्लेख गर्दै सिगात्सेको रेल केरुङ हुदै काठमाडौँ पु¥याउन उच्च प्राथामिकताका साथ काम गरिरहेको बताए। उनेपाल समाचारमपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।