
तनहुँ–बन्दीपुर गाउँपालिकाले आधुनिक घर बनाउन प्रतिबन्ध लगाएको छ । आधुनिक घरले मौलिकता गुम्ने हुँदा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष पूर्ण्सिंह थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार मौलिक घर निमार्ण गर्नेलाई गाउँपालिकाले नक्सापासमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । बन्दीपुरका परम्परागत घरहरूमा काठका बुट्टा भएका झ्याल तथा ढोकाहरू इँटा बाहिर देखिने प्यागोडा शैलीका घरहरूले बन्दीपुरको मुख्य आर्कषण रहेको छ ।
१८ औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीका घर र ढुङ्गा बिच्छाइएको बाटो निर्माण गरेका थिए । बन्दीपुर बजारमा घर बनाउनेहरूले सटर तथा च्यानल गेट बनाउन प्रतिबन्द लगाइएको बन्दीपुर गाउँपालिकाका इन्जिनियर विश्वप्रकाश शुल्पेले बताए ।
सडकभन्दा ४५ फिटभन्दा अग्लो घर बनाउन पनि नपाइने इन्जिनियर शुल्पेले बताए । इन्जिनियर शुल्पेका अनुसार नियम विपरीत अग्लो बनाउने तथा सटर च्यानल गेट राखेका लगायतका गरी चार वटा घरको नक्सापास रोकिएको छ ।
बन्दीपुरमा बन्दै गरेका नयाँ घरहरू पनि बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम बढेको छ । प्रमुख आकर्षणमा मौलिक घरका अतिरिक्त नेवारी कला, संस्कृति, ढुङ्गा बिच्छ्याइएका बाटाहरू, खड्गदेवी, विन्धवासिनी, थानी देवी, महालक्ष्मी, नाराएण मन्दिर, तीनधारा, फराकिलो टुँडिखेल, सहिद पार्कलगायतका हुन् । सुन्तला, रेशम खेती, बाख्रा अनुसन्धान केन्द्रले पनि पर्यटकलाई थप मनोरञ्जन दिन्छ ।
पृथ्वीराजमार्गमा पर्ने डुम्रे बजारबाट सात किलोमिटर दक्षिणतर्पm नागबेली पक्की सडक हुँदै २० मिनेटभित्रै प्राकृतिक सम्पदा र सौन्दर्यताले सुशोभित रमणीय स्थल बन्दीपुर पुग्न सकिन्छ ।