
काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा प्रहरीले नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा नयाँ छानबिन समिति बनाएर अनुसन्धान थालेको छ ।
घटनामा प्रहरीको संलग्नता रहेको र संगठनको छविमाथि प्रश्न उठेको भन्दै प्रहरी नेतृत्वले संगठनभित्रको आन्तरिक छानबिन गर्न एआईजी सिफारिसमा परेका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले यसअघि १४ भदौमा आन्तरिक अनुसन्धानका लागि भन्दै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।