०७ साउन २०८३, बिहीबार

प्रमुख प्रतिपक्षी दलले माग्यो गृहमन्त्री बादलको राजीनामा

प्रमुख प्रतिपक्षी दलले माग्यो गृहमन्त्री बादलको राजीनामा

काठमाडौं— जनताको जीउ धनको सुरक्षा गर्न नसकेको तथा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा समात्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ । 

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विषेश समयमा कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । 

‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढिरहेका छन्, निर्मला पन्तको हत्याका बास्तविक दोषी पत्ता लगाउन सरकार असक्षम भएको छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने अबस्था आएको छ’ रेग्मीले भनिन्, ‘या छिटो अपराधी पत्ता लगाउनु पर्छ, नभए गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’ 

रेग्मीले निर्मला पन्तका आमावुवाको हालत गोरखाकी गंगामायाको जस्तो हुने भन्दै चिन्ता व्यक्ति गरिन् । ‘म जोडदार रुपमा माग गर्न चाहान्छु, नक्कली अभियुक्त होइन सक्कली अपरधी समातेर कारवाही गरियोस्’ उनले भनिन ‘मलाई शंका लाग्छ, गंगामायाको नियती त भोग्नसु पर्ने होइन ?’

३३ किलो सुन तस्करी प्रकरणका ठूला साना माछा कसैलाई नछाड्ने कुरा आएपनि कसैलाई कारवाही नगरिएको भन्दै उनले आपत्ति जनाइन् । ‘सुन तस्करले लुकाउनको लागि प्रस्सत्त समय पाए । यसमा पनि कुनै कारवाही गर्न सकेन’उनले भनिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्